मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

समाचार

धनुषा, ८ बैशाख । क्षिरेश्वरनाथ नगरपालिका–१ रमदैयास्थित सडकमा ढल्केबरबाट जनकपुरतर्फ जाँदै गरेको प्र २–०२–००५ प ९५७१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान दुर्घटना हुँदा चालक महोत्तरी जलेश्वर नगरपालिका–३ बस्ने २७ वर्षीय सुन्दर यादवको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको काब्या अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ