पर्सा, ९ बैशाख । वीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।
नाईट्राभेट ६ सय ट्याब्लेटसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका–३२ कालिका नगर बस्ने २८ वर्षीय मिलन गन्धर्व र सोही ठाउँ बस्ने २४ वर्षीय नारायण पुन रहेका छन् ।
वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लगूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया