कैलाली, ९ बैशाख । गोदावरी नगरपालिका–५ गेटास्थित सडकमा अत्तरियाबाट धनगढीतर्फ जाँदै गरेको स्कोर्पियो दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
बा.१५ च ४६३७ नम्बरको स्कार्पियो गाडी आफै अनियन्त्रित शनिबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार बैतडी पाटन नगरपालिका–१ बस्ने ७० वर्षीय भोजराज भट्टको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका गाडी चालकसमेत ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
तपाईको प्रतिक्रिया