मधेशका मुख्यमन्त्रीसँग स्पष्टीकरण सोधियो

समाचार

काठमाडौं, १० बैशाख । निर्वाचन आयोगबाट मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई उननिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको सम्बन्धमा स्पष्टीकरण सोधिएको छ ।

आयोगले आइतबारका दिन बारा जिल्ला क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य उपनिर्वाचन भइरहेको अवस्थामा निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्नेगरी अनुमतिविना निर्वाचन आचारसंहिता विपरीत हुने गरी उनलाई के कति कारणबाट पचरौता नगरपालिका क्षेत्रमा जानु भएको हो ? भनी स्पष्टीकरण सोधेको हो ।

उनलाई ‘तपाई त्यहाँ जाँदा प्रयोग गरेको सवारी साधन र सुरक्षा ब्यवस्था सरकारी हो, होइन ? तपाईको यो कार्यले पदको गरिमा र निर्वाचन आचार संहिता, २०७९ को दफा ५ को उलंघन हुन्छ, हुँदैन ? निर्वाचन आचारसंहिता उलंघन गरेकोमा तपाईलाई निर्वाचन आयोग ऐन, २०७३ बमोजिम कारवाही किन नगर्ने ? भनी २४ घण्टा भित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ