सिरहा, १० बैशाख । बरियारपट्टी गाउँपालिका–५ कजरा चोकस्थित सडकमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
बीआर ३२ एपी ७४२४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७५ वर्षीय कमल यादवको शनिबार साँझ मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लाहान हुँदै थप उपचारको लागि न्युरो अस्पताल बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य ३ जनालाई प्रादेशिक अस्पताल लाहान हुँदै थप उपचारको लागि न्युरो अस्पताल अस्पताल बिराटनगरतर्फ पठाइएको छ ।
तपाईको प्रतिक्रिया