करेन्ट लागेर एक जनाको मृत्यु

समाचार

मोरङ, १० बैशाख । उर्लाबारी नगरपालिका–५ बस्ने ३८ वर्षीय खडग बहादुर बिकको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ ।

सोही नगरपालिका–७ आइतबारे भानुमार्गस्थित सडकमा ना.८ ख ४५२५ नम्बरको टिपरको डालाले बिद्युतको मेन लाईनमा छुँदा करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।

टिपर चालक खडग बहादुरको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ