रुपन्देही, १० बैशाख । विश्व प्रयोगशाला दिवसको अवसरमा भैरहवामा आइतबार जनचेतनामूलक कार्यक्रम गरिएको छ ।
युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) बी.एस.सी.एम.एल.टी.को आयोजनामा जनचेतनामूलक ¥याली, सडक नाटक तथा नृत्य प्रस्तुत गरिएको हो ।
युसीएमएसबाट निस्किएको ¥याली नगरका विभिन्न स्थानको परिक्रमा गरी देवकोटा चोकमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।
कार्यक्रममा युसीएमएसका बी.एस.सी. एम.एल.टी. कोर्डिनेटर प्रोफेसर नारायण गौतमले ९० प्रतिशत रोग नदेखिने रोग भएकोले रोगको पहिचानका लागि प्रयोगशाला आवश्यक रहेको बताए ।
कन्सल्टेन्ट प्याथोलोजिष्ट, एशोसिएट प्रोफेसर तथा केयर प्लस डायग्नोष्टिक एण्ड प्याथोलोजी ल्याब सिद्धार्थनगर–१२, रुपन्देहीकी सञ्चालक डा. अनिता शाहीले प्रयोगशालाले रोगको सही कारण पत्ता लगाउन मद्दत गर्ने बताइन् ।
तपाईको प्रतिक्रिया