मटिहानीमा आगलागी हुँदा १० घर जलेर नष्ट

समाचार

महोत्तरी, १० बैशाख । मटिहानी नगरपालिका वडा नं ६ मटिहानीमा रहेको जरलहवा गाछी बस्तिमा आगलागी हुँदा १० वटा घर जलेर नष्ट भएको छ ।

दिउसो करिब १२ बजे राजकिशोर मुखियाको घरबाट अचानक आगो लाग्दा बेचनी खातुन, सदरे आलम शेष, गफार शेष, गफार शेष लगायतका घरहरु पुर्ण रुपेण जलेर नष्ट भएको थियो ।

आगलागीबाट करिब २५ लाख मूल्य बराबरको सर–सामान र नगद जलेर भएको कुरा मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलले बताएका छन् ।

जलेश्वर नगरपालिका, रामगोपालपुरको बारुण यन्त्र, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, मटिहानी नगरपालिकाको जेसीबी, पानी टंकी, कर्मचारी र स्थानीयको सहयोगमा करिब दुई घण्टामा आगलागी नियन्त्रणमा आएको थियो ।

यसैबीच आगलगीबाट प्रभावित परिवारलाई मटिहानी नगरपालिकाको सहयोगमा प्रति परिवार २५ किलो चावल, दाल, चिनी चिउरा र त्रिपाल तत्काल राहत स्वरुप मटिहानी नगरपालिका प्रमुख हरि मण्डलले वितरण गरेका छन् ।

राहत वितरण कार्यक्रममा वड़ा अध्यक्षहरु कलीम अंसारी, जीतनारायण माझी, रितेश साह कार्यपालिका सदस्य अरुण नाहर लगायतका सहभागी रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ