तनहुँ मतगणना अपडेट : रास्वपाका बाग्ले दोब्बर मतान्तरले अगाडि

समाचार

तनहुँ, ११ बैशाख । तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा स्वर्णिम वाग्ले दोब्बरभन्दा बढी मतान्तरले अग्रता बनाएका छन् ।

१७ हजार ७७ मत गणना गर्दा वाग्लेले ९ हजार ४सय ८३ मत प्राप्त गरेका हुन् ।

वाग्लेलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ४ हजार ४सय ७२ मत प्राप्त गरेका छन् । भट्टराईलाई सत्ता गठबन्धनका दलहरुको समेत समर्थन रहेको छ ।

त्यसैगरी, एमालेका उम्मेदवार सर्वेन्द्र खनाल २ हजार ५सय ६० मत पाउँदै तेस्रो स्थानमा रहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ