बारा २ मतगणना : उपेन्द्रको अग्रता, शिवचन्द्र पछ्याउँदै

समाचार

बारा, ११ बैशाख । बारा २ को उपनिर्वाचनको मतगणनामा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सुरुवाती अग्रता लिएका छन् ।

सोमबार दिउँसो मतगणना सुरु भएपछि पहिलो पटक सार्वजनिक भएको मतपरिणाममा यादवले २२४ मतसहित अग्रता लिएका छन् ।

त्यस्तै, जनमत पार्टीका शिवचन्द्र कुशवाहले १७०, नेकपा एमालेका पुरुषोत्तम पौडेलले १६६ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ८० मत पाएका छन् भने आम जनता पार्टीका अरुण ज्ञवालीले १२ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ