बारा २ मा उपेन्द्रलाई उछिन्दै शिवचन्द्रको अग्रता

समाचार

बारा, ११ बैशाख । बारा २ को उपनिर्वाचनको मतगणनामा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई उछिन्दै जनमत पार्टीका शिचन्द्र प्रसाद कुशवाहाले अग्रता बनाएका छन् ।

जसपा अध्यक्ष उपेन्द्र यादव सत्तारुढ प्रमुख पाँच दलका साझा उम्मेद्वार रहेका छन् । सुरुवाती अवस्थामा उपेन्द्रको अग्रता भएको थियो ।

तर, पछिल्लो मतगणना परिणामअनुसार जनमतका शिवचन्द्रले ८९५ मतसहित अग्रता बनाएका छन् ।

यता, पाँच दलीय गठबन्धनका उम्मेद्वार उपेन्द्र ७८७ मतसहित दोस्रो स्थानमा छन् भने एमालेका पुरुषोत्तम पौडेल ५२३ मतसहित तेस्रो स्थानमा छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ