बारा, ११ बैशाख । बारा २ को उपनिर्वाचनको मतगणनाअनुसार जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पुनः अग्रता बनाएका छन् ।
उपेन्द्रका निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहालाई ८९ मतले पछाडि परेका छन् ।
ताजा मतपरिणामअनुसार उपेन्द्र १३९० मतसहित अग्रता बनाएका छन् भने जनमतका शिवचन्द्रले १३०१ मतसहित दोस्रो स्थानमा छन् ।
यसैगरी, एमालेका पुरुषोत्तम पौडेल ६२९ मत ल्याएर तेस्रो स्थानमा छन् ।
तपाईको प्रतिक्रिया