कैलाली, १२ बैशाख । कैलाली जिल्लाको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ परेका छन् ।
गोदावरी नगरपालिका–१ मनहराबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ८० मिलिग्रामसहित सोही ठाउँ बस्ने २० वर्षीय चन्दु महतालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला परी पक्राउ गरेको जनाएको छ ।
साथै गोदावरी नगरपालिका–५ गेटा मेडिकल कलेज नजिकबाट सोही ठाउँ बस्ने २० वर्षीय मदन चन्द समेत ४ जनालाई अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ६० मिलिग्रामसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी, जिल्लाको गोदावरी नगरपालिका–२ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब २ सय १० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३० वर्षीय राजेश पाललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया