नक्कली नोटसहित महिला पक्राउ

समाचार

धनुषा, १२ बैशाख । जनकपुर उपमहानगरपालिका–२३ स्थित बसपार्कबाट १ हजार दरको ४ सय ९२ थान र ५ सय दरको ५ सय ५९ थान नक्कली नेपाली नोटसहित एक महिला पक्राउ परेकी छन् ।

बिदेह नगरपालिका–६ बस्ने २५ वर्षीया अनु कुमारी साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी जिरोमाईलबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।

साथै प्रहरीले उनको साथबाट सक्कली नगद १० हजार ५ सय नेपाली रूपैयाँ र १ सय ६० भारतीय रूपैयाँ समेत बरामद गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ