करेन्ट लागेर बालिकाको मृत्यु

समाचार

बाँके, १२ बैशाख । बैजनाथ गाउँपालिका–२ डिगिया बस्ने खगेन्द्र बस्नेतकी छोरी ६ वर्षीया पूर्णिमा बस्नेतको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ ।

आफ्नै घरको कोलियाबाट पानी तान्ने मोटरमा जोडेको तार चलाउने क्रममा उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ