आगलागी पीडितलाई राहत वितरण

समाचार

दिनेश ठाकुर, नेपालगन्ज, १३ बैशाख । जानकी गाउँपालिका वडा नम्वर २ गरिवपुरवा (फुलपुरवामा) सोमबार आगलागी भएको छ ।

आगलागीबाट गरिवपुरवा (फुलपुरवा)को एक घरमा पूर्णरुपमा क्षति पुगेको छ । साथै एकवटा खसी, २ वटा पानी तान्ने होन्डा पम्पसेट मेशिन, खाना पकाउने स्टोप, अरहर १ क्वीन्टल, धन ६ क्वीन्टल, मसुरो ५ लम्वर, मटर १० लम्वर, तोरी ५ लम्वर, ८ हजार नगद आगलागीबाट नस्ट भएको छ ।

सोमबार आगो लागेको जानकारी पाएपछि पुगेका अध्यक्ष छब्बन खाँ, उपाध्यक्ष रामप्यारी यादव, विपद व्यवस्थापन समितिका संयोजक राजेन्द्र सिँहले पीडित परिवारलाई २५ केजीको चामल २ बोरी, अरहरको दाल ५ केजी, २ प्याकेट नुन, तेल ५ लिटर, आलु १० केजी, बेसार, खुर्सानी भुजा १ प्याकेट र चिनी १ केजी १५ दिनलाई पुग्ने गरी राहत वितरण गरेका थिए ।

राहत प्रदान गर्न पुगेका गाउँपालिका अध्यक्ष खाँले विपदमा परेका जनतालाई गाउँपालिकाको अध्यक्षको हैसियतले गाउँपालिकाबाट गर्नुपर्ने सहयोगमा कुनैपनि कसर बाँकी नराख्ने बताए ।

उनले विभिन्न सँघसस्थाले पनि यस्तो विपद परेको बखतमा पालिकासँग समन्वय गरि सबैले आ आफने तर्फबाट सहयोग गर्नुपर्ने समेत आफनो धारणा व्यक्त गरे ।

त्यसैगरी विपद व्यवस्थापन समितीका सम्योजक राजेन्द्र सिँहले हाललाई पिडितलाई घर मर्मत गर्नको लागी बन कार्यलयसँग काठको लागी समन्वय भैराखेको र उपलब्ध समेत गराउने बताए ।

प्रहरी मुचुल्का अनुशार १ लाख ८० हजार क्षती भएको वातावरण तथा विपद व्यवस्थापन शाखाका प्रमुख राजेन्द्र वाजपेयीले जानकारी दिए ।

घटनास्थलमा उपाध्यक्ष रामप्यारी यादव, गाउँपालिका अध्यक्षका परामर्षदाता शोहराव दर्जी,उपाध्यक्षका स्वकिय सचिव शिवा यादव,लगायतको उपस्थिती रहेको थियो। राहत वितरणमा मिलाप सँस्थाले सहजिकरण गरेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ