जनकपुरधाम, १३ बैशाख । मधेश प्रदेशको भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका सबै पालिकामा माटो परीक्षण गर्न लागिएको छ ।
भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री ई.बसन्त कुशवाहाले मधेश प्रदेशका सम्पूर्ण नगर प्रमुख तथा गाउँपालिका अध्यक्षहरुलाई माटो परीक्षणका लागि अनुरोध गरेका छन् ।
भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत रहेका माटो परीक्षण प्रयोगशालाको टेक्निकल टीमले मधेश प्रदेशका सम्पूर्ण १३६ पालिकामा घुम्ती टेस्ट लैब मार्फÞत हरेक पालिकामा गई ३ दिनसम्म पालिकाको विभिन्न ठाउँको माटो जाँच गर्ने मन्त्री ई.कुशवाहाले जनाएका छन् ।
मन्त्री ई.कुशवाहाका अनुसार यस टेस्ट पश्चात् माटोको आवश्यकता अनुसार कुन कुन मलखाद कति कति मात्रामा प्रयोग गर्ने हो, समेत जानकारी किसानहरुलाई दिनेछ ।
उनले भनेका छन्, ‘यो माटो परीक्षण कार्यक्रम पालिकाको समन्वयमा गर्नु पर्ने भएकोले नगर प्रमुख तथा गाउँपालिका अध्यक्ष जीहरुले निम्न व्यक्तिहरुलाई सम्पर्क गर्न हुन हार्दिक अनुरोध छ ।’
मन्त्री ई.कुशवाहाले माटो तथा मल परीक्षण प्रयोगशालाका प्रमुख सुनिल कुमार सिंह (९८५२८५४६१५) लाई सम्पर्क गर्न अनुरोध गरेका छन् ।
तपाईको प्रतिक्रिया