४ सय २२ केजी ३३ ग्राम गाँजा बरामद

समाचार

मोरङ, १३ बैशाख । जहदा गाउँपालिका–२ बेरियारी टोलस्थित मकै बारीमा लुकाई छिपाई राखेको ४ सय २२ केजी ३३ ग्राम अवैध लागूऔषध गाँजा बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो रानी विराटनगरबाट संयुक्त रूपमा खटिएको टोलीले १४ वटा बोरामा रहेको उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ