पोल्ट्री फर्ममा आगलागी हुँदा ८ लाखको क्षति

समाचार

रौतहट, १३ बैशाख । गौर नगरपालिका–६ सबगढा बस्ने शेख सजादको पोल्ट्री फर्ममा बुधबार बिहान आगलागी भएको छ ।

आगलागी हुँदा कच्ची घर, कुखुराको चल्ला, कुखुराको दाना लगायत अन्य सामग्री जलेर करिब ८ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।

अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ