ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

समाचार

रूपन्देही, १४ बैशाख । ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

रोहिणी गाउँपालिका–४ तर्कुल्लास्थित सडकमा भे.१ ख २७१७ नम्बरको ट्रकले लु.२० प १०६७ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक देबदह नगरपालिका–१२ ढोलबजवा बस्ने २८ वर्षीय झबेन्द्र कुँवरको घटनास्थलमै मृत्यु भएको छ ।

प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ