ब्राउनसुगरसहित दुई जना पक्राउ

समाचार

बाँके, १५ बैशाख । नेपालगंज उपमहानगरपालिका–१० गणेशमान चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार दिउँसो पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–८ बस्ने २३ वर्षीय मुबारक सल्मानी र सोही उपमहानगरपालिका–१३ बस्ने २६ वर्षीय सन्तोष खटिक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज बाँकेबाट खटिएको संयुक्त प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ