मोरङ, १५ बैशाख । विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट नियन्त्रित लागूऔषध दुई जना पक्राउ परेका छन् ।
नाईट्राजेपाम ७० ट्याब्लेट, लुपिजेसिक २ एम्पुल, एभिल २ एम्पुल, फेनारगन २ एम्पुल र डाइजेपाम २ एम्पुलसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका–३ बस्ने १९ वर्षीय सुनिल राई र सोही ठाउँ बस्ने २० वर्षीय प्रदिप लिम्बु रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया