बेवारीसे अवस्थामा रहेको कार्टिज बरामद

समाचार

पर्सा, १५ बैशाख । पर्सा जिल्लाको बिन्दवासीनी गाउँपालिका ३ स्थित ईटाही ईलाकाबाट सशस्त्र प्रहरीले १२ बोर सट गनको १७ वटा फायर भएको र १२ वटा फायर नभएको कार्टिज बरामद गरेको छ ।

सोही ठाउँस्थित स्थानीयको खेतबारीमा बेवारीसे अवस्थामा रहेको भन्ने खवर प्राप्त भएपश्चात खटिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साले सो कार्टिज सहित सट गनमा प्रयोग हुने सिलिङ्ग ३ वटा, राउण्ड राख्ने बिन्दुली २ वटा समेत बरामद गरेको छ ।

बरामद कार्टिज र सामान ईलाका प्रहरी कार्यालय पोखरीयमा बुझाईएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ