रुपन्देही, १५ बैशाख । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदभार ग्रहण गरेका छन् ।
पद तथा गोपनीयताको सपथ लिएपछि उहाँले प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।
नवनियुक्त मुख्यमन्त्री चौधरीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका छन् ।
मुख्यमन्त्री चौधरी नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका चार, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीन÷तीन, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एक÷एक जना र स्वतन्त्र एक सांसद गरी ५३ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।
तपाईको प्रतिक्रिया