सुरक्षा गार्ड श्रमिक संघको राष्ट्रिय महाधिवेशन सम्पन्न

समाचार

काठमाडौं, १६ बैशाख । नेपाल राष्ट्रिय सुरक्षा गार्ड श्रमिक संघको तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ ।

शनिबार काठमाडौंस्थित मधेश मिडिया हाउसमा सम्पन्न तेस्रो राष्ट्रिय महाधिवेशनबाट किशोर ढुंगेलको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

सुरक्षा गार्ड श्रमिक संघको वरिष्ठ उपाध्यक्षमा रवि बस्नेत, उपाध्यक्षद्वयमा विवेक लुइटेल र हेम महत, महिला उपाध्यक्षमा पुजा लिम्बू, महासचिवमा जोखमान बम, उपमहासचिवद्वयमा शिवराज तिम्सिना र पदम शाही, कोषाध्यक्षमा कमल प्रसाद थपलिया चयन भएका हुन् ।

यसैगरी, सदस्यहरुमा नरेन्द्र प्रसाद ढुंगेल, नारायण बहादुर कार्की, गीता रिमाल, नगेन्द्र क्षेत्री, गणेश डिसी, नारायणदत्त भट्ट र बालकृष्ट बखती चयन भएका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य हरिशरण नेपालीको प्रमुख आतिथ्यता, नेपाल ट्रेड युनियन कांग्रेसका निवर्तमान अध्यक्ष खिलानाथ दाहालको विशेष आतिथ्यता, नेपाल टे«ेड युनियन कांग्रेसका महासचिव योगेन्द्र कुमार कुँवरको आतिथ्यता र नेपाल ट्रेड युनियन कांग्रेसका उपमहासचिव तथा निर्वाचन समिति सदस्य राजेश पालिखे, प्रमुख निर्वाचन अधिकृत तथा अधिवक्ता सुभाष लामिछाने लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता सभापति किशोर प्रसाद ढुंगेलले गरेका थिए भने कार्यक्रम सञ्चालन कमल प्रसाद थपलिया र महेन्द्र थापामगरले गरेका थिए ।

 
 
 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ