कपिलवस्तु, १६ बैशाख । लुम्विनी प्रदेश सभा सदस्य सुधाकर पाण्डेयले निजामती कर्मचारीहरुको लागि प्रदेशबाट ऐन तथा कार्यविधि बनाइ कर्मचारीहरुको समस्या समाधान गर्ने बताएका छन् ।
तौलिहवामा आयोजित नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ लुम्बिनी प्रदेश समितिले विश्व भेटेरिनरी दिवसको अवसरमा आयोजित २०८० सालको भित्तेपात्रो विमोचन कार्यक्रममा यस्तो बताएका हुन् ।
सांसद पाण्डेयले लुम्बिनी प्रदेशमा नेपाली कागे्रंसको नेतृत्वमा सरकार बनेकोले तत्काल ऐन, कानुन तथा नीति निर्माण बनाइ नयाँ तवरले काम गर्ने बताए ।
साथै उनले पशु तथा कृषि क्षेत्रको विकासमा सहयोग हुने गरि काम गर्ने समेत पाण्डेयले बताए ।
कार्यक्रममा नेपाली कांगे्रसका लुम्बिनी प्रदेश सदस्य एवं भातृ संघ समन्यव विभाग रोमलाल खनाल, कपिवस्तु नगर सभापति खुर्सेद अहमद खां, नेल्टामा केन्द्रीय उपाध्यक्ष लक्ष्मण घिमिरे, सचिव शिरिष गौतम, सदस्य भोजराज पाण्डेय, जिल्ला अध्यक्ष गोपाल सापकोटा लगायतले संगठन तथा भेटेरिनरी दिवसको बारेमा बोलेका थिए ।
प्रदेश सचिव शेरबहादुर हमालको संचालन र कार्यवाहक अध्यक्ष युवराज घिमिरेको अध्यक्षतामा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न भएको थियो ।
तपाईको प्रतिक्रिया