खैरो हेरोइनसहित दुई जना पक्राउ

समाचार

मोरङ, १६ बैशाख । विराटनगर महानगरपालिका–१७ आइसिबी चेक पोइन्टबाट अवैध लगूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब १ ग्राम २ मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार साँझ पक्राउ पर्नेहरूमा सप्तरी गढिमाई नगरपालिका–८ बस्ने ४० वर्षीय कालिराम महत्तो र सोही नगरपालिका–७ बस्ने २२ वर्षीय अम्लेष महत्तो रहेका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको को.१९ प ५७५२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ