नेपालमा आदर्श र नैतिकताविहीन नेताहरु छन् : डा. अहिराज

समाचार

कमल राज पौडेल देबकमल, बर्दिया, १७ बैशाख । मधेश प्रदेशका निवर्तमान प्रदेश प्रमुख डा.राजेश अहिराजले नेपालमा आदर्श र नैतिकताविहीन नेताहरु रहेको कुरा बताएका छन् ।

उनले सगरमाथा टेलिभिजनको लोकप्रिय कार्यक्रम प्राइम न्युजसँग कुराकानी गर्दै भनेका छन्, ‘हामीहरु आर्दश र नैतिकताविहीन नेताहरुको माझमा छौं ।’

डा.अहिराज भन्छन्, “नेपालमा आदर्श र नैतिकताविहीन नेताहरु भएका कारण नै हामी नेपालीहरुको दैनिकी जिवनयापन दिन प्रतिदिन कष्टकर हुँदै गइरहेको छ । हामी कहाँ वर्तमान र पूर्व गरेर आधि दर्जन ब्यक्तिहरु प््राधानमन्त्री भ्ौसके तर हामी कुनै पनि प्रधानमन्त्रीको निवार्चन क्षेत्रको नगरपालिका वा गाँउपालिकाको कुनै पनि वार्ड वा टोलमा भ्रष्टचार हुदैन भनेर ठोकुवा गर्न सक्ने अवस्था छैन । प्रधानमन्त्री भै सक्नु भयो सांसद हुनुहुन्छ तर उहाँको निवार्चन क्षेत्रको विद्यालयमा एसिसि परिक्षामा चिट चोरेको दृश्यहरु सोसल मिडियामा भाइरल भएको देख्दा अचम्म लाग्छ । यदी हामीले शिक्षाको फाउन्डेशननै विगार्यौ भने चोर्न सिकायौ र चोर्नेलाई प्रोत्साहन गर्यौ भने भोलि तिनै विद्यार्थीबाट न्यायधिश, पुलिस प्रशासन, निजामती र राजनीतिमा आउने हुदाँ कल्पना गर्नुस ति चिट चोरेर पास भएका विद्यार्थीहरु देशको प्रमुख पदहरुमा आसिन भए भने यो देश कतातिर जाला ? यस्ता अनेकौ ब्यथिति हुदाँ पनि कुनै पार्टी बोल्दैन, संगठन बोल्दैन, बुद्धिजिवि र पत्रकार बोल्दैन । देशमा वन छ रुख पाईदैन, खोला छ पानी पाईदैन, कर्मचारी छ सेवा पाईदैन, न्यायलयमा न्याय पाईदैन, बुद्धिजिवि भित्र ज्ञान पाईदैन देश कहाँ लैजादै छौ हामी र कस्का लागि राजनीति गर्दै छौ । त्यसैले मेरो बुझाईमा राजनीतिक दलका यि नेताहरु देशको लागि भार भैसके ।”

उनले इतिहासलाई सम्झँदै भने, “कुनै बेला मधेशका युवाहरु भारतको पटना, मुजफरपुर, पन्जाब, हरियाणा, दिल्ली, गुजरात लगायत भारतका विभिन्न शहरहरुमा श्रम गर्न जान्थे । तत्कालिन राजा महेन्द्रले आफ्ना देशका यूवाहरु, देशका नागरिकहरु श्रम बेच्न विदेश जान नपरोस भनेर मधेश भरी उद्योग खोलिदिए र भारतबाट श्रमिकहरु हाम्रो देशमा आउन थाल्य । अहिलेका अग्रगामी भनाउदा नेताहरुले ति उद्योगहरु पनि बेचे, उद्योगको जमिन कब्जा गरे । नेपाली यूवाहरुलाई विदेश पनि पठाउन थाले । अहिले यिनका कुरा सुन्ने हो भने यस्तो लाग्छ की यिनी नहुने हो भने यो पृथ्वीले घुम्न छोडिदिन्छ, सूर्य उदय नै हुदैन र हामीले श्वास पनि फेर्न पाउदैनौ । त्यस्तो किसिमले झुट बोल्दा उनका पार्टीका पत्रकार, बुद्धिजीवि र अन्य ब्यक्तिहरुले तालि पटकाउछन । विभेदको विरोध गरीराख्ने र आफु विभेद गर्ने । राजाको विरोध गरी राख्ने र आफु राजा जस्तो जिवन बिताई राख्ने । फलानो ब्यवस्था ठिक छैन भन्ने त्यो भन्दा चर्को परिवारबादमा बाँची राख्ने । जनतालाई समाजबाद नारा दिने र आफुले मसाजबादलाई प्रोत्साहन गर्ने नेताबाट न सम्मानको आवश्यकता छ न मलाई अपमानको भय छ ।”

मधेशवादी दलहरुले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी लगायतका दलहरुलाई आरोप लगाउँदै यो पार्टी देश विरोधी हो, मधेश विरोधी हो भनेर मधेशभरि आन्दोलन गरेर १ सय १७ जना निर्दोश मधेशीको बलिप्रदान गराउने र जितेको भोलिपल्ट त्यही पार्टीको पाँउ पुजा गरेर त्यही पार्टीको मोर्चामा बसेर सत्ता र निर्वाचनमा जाने हो भने अर्को पार्टी किन खोल्ने ? भन्ने प्रश्न समेत मधेशवादी पार्टीका शिर्ष नेताहरुलाई डा.अहिराजले गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ