काठमाडौं, १७ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेल भारतमा उपचार सकेर आइतबार राति स्वदेश फर्केका छन् ।
उपचारका लागि वैशाख ६ गते भारत गएका पौडेल दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) बाट डिस्चार्जपछि स्वदेश फर्किएका हुन् ।
राष्ट्रपतिलाई चिकित्सकले केही हप्ता आराम गर्न सुझाव दिएको जनाइएको छ ।
तपाईको प्रतिक्रिया