सम्पूर्ण नेपाली श्रमजीवीमा सुख, शान्ति र समृद्धिको शुभकामना : श्रममन्त्री भण्डारी

समाचार

काठमाडौँ, १८ बैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत्सिंह भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।

श्रमिक दिवसका अवसरमा सोमबार शुभकामना दिँदै उनले मजदुर तथा श्रमजीवी वर्गको एकता र सुझबुझपूर्ण निर्णयबाट आजकै दिन आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन लगायतका हक अधिकार स्थापना भएको र सिहि अनुरुप श्रमिकले आफ्नो श्रम, समय, मिहिनेतले जीविकोपार्जन गर्ने श्रमिकहरुलाई यस दिवसले आफ्नो हक, अधिकार र स्वतन्त्रता सहितको श्रमजीवि एकताको सूत्रमा बाँधन महत्वपूर्ण योगदान गरेको छ भन्ने कुरामा आफू बिश्वास्त रहेको जारी शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

यस्तै उनले नेपालको संविधानले श्रम सम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरेको र श्रमिकलाई उचित श्रम अभ्यासको लागि ट्रेड युनियन खोल्ने, सङ्गठित हुने र सामूहिक सौदावाजी गर्ने हक प्रत्याभूत गरिएको पनि जानकारी दिए ।

राष्ट्र हित लोकतन्त्र र अग्रगामि परिवर्तन मार्फत संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने श्रमिक वर्गको उच्च योगदानको सम्मान गर्दै श्रमिकको हक अधिकार स्थापना र कार्यन्वयन गर्ने विषयमा वर्तमान संवैधानिक व्यवस्था, श्रम सम्बन्धी कानून, अन्तर्राष्ट्रिय श्रम सङ्गठनको विधान तथा नेपालले अनुमोदन गरेका अभिसन्धिहरुको प्रभावकारी कार्यन्वयन गर्न नेपाल सरकार पूर्ण रुपमा प्रतिवद्ध रहेको कुरा विश्वास दिलाउन चाहन्छु यसै सिलसिलामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट श्रमिक तथा रोजगारदाताको हकमा प्रशस्तै कल्याणकारी कार्यहरु शुरु भएका छन् भन्दै आफू जहिले श्रमिकको पक्षमा रहेको पनि उल्लेख गरेका छन् ।

 
May be an image of text
 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ