काठमाडौं, १८ बैशाख । चमार कल्याण समाज नेपालले श्रमिक दिवसको अवसरमा शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
१४३औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सोमबार काठमाडौंस्थित मधेश मिडिया हाउसमा चमार कल्याण समाजले सो कार्यक्रमको आयोजना गरेको थियो ।
सो कार्यक्रममा छिमेकी मित्रराष्ट्र भारतबाट आएका अभियन्ता डा.एनएस खोवासहित अन्य अतिथिहरुलाई स्वागत गर्दै सम्मानसमेत गरिएको थियो ।
समाजको उपत्यका कमिटी अध्यक्ष मनोज रामको अध्यक्षतामा सो सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रम भएको हो ।
जसमा प्रमुख अतिथि डा.एनएस खोवा, विशिष्ट अतिथिहरु रामलखन राम, सेवल महरा, रामशरण वैश्य, जीवन कुमार राम, सञ्जय कुमार कोरी, पुकार राम, भिखारी राम रहेका ािथए ।
यस्तै, अतिथिहरुमा संगीता कुमारी राम कुन्दन कुमार राम र सुमित्रा देवी राम रहेका थिए । कार्यक्रममा रामशरण रैदास, रामलखन चमार, ब्रम्हामती गौतम, रामाधिन महरा, दशरथ राम, रामप्रमोद महरा, रामस्वरुप राम र रामध्यान राम लगायतका उपस्थिति रहेको थियो ।





तपाईको प्रतिक्रिया