जनकपुरधाम, १८ बैशाख । ६ बुँदे घोषणापत्र जारी गर्दै जनकपुरधाममा दुई दिने बालिका सम्मेलन सम्पन्न भएको छ ।
बालविवाहको प्रभावकारी नियन्त्रण तथा रोकथाम सहित बालिका सम्मेलनले घोषणापत्र जारी गरेको हो ।
मधेश प्रदेशको महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको आयोजना तथा लाईफ नेपालको समन्वय र युनिसेफ, यूएनएफपिए, गल्सफष्ट फन्ड सहितका विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय संस्थाहरूको सहयोगमा भएको प्रदेश बालिका सम्मेलनमा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको वैशाख १७ गतेलाई बालविवाह विरुद्धको दिवस मनाउने घोषणालाई समर्थन गर्दै घोषणापत्रमा समेटिएको छ ।
मधेश प्रदेशमा बालविवाह ४० प्रतिशत भन्दा बढी भएका कारण वैशाख १७ गतेलाई प्रदेश सरकारले बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने घोषणा मुख्यमन्त्रीले सम्मेलनको उद्घाटनमा उद्घोष गरेपछि त्यसलाई बालिका सम्मेलनले अनुमोदन गरेको छ ।
घोषणा पत्रमा “बेटी पढाऊँ–बेटी बचाऊँ” अभियानलाई थप सुदृढ गरी स्थानीय तहसम्म विकास तथा विस्तार गर्दै बालविवाह अन्त्यका लागि पैरवी गर्ने, लैङ्गिक विभेद र हिंसा अन्त्य गर्न प्रदेश तथा स्थानीय तहमा आवश्यक कार्यक्रमहरूलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने उल्लेख छ ।
घोषणापत्र कार्यान्वयनका लागि मधेश प्रदेशका ८ जिल्लाका बालिकाहरूले संयुक्त रुपमा महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयका सचिव रञ्जित कुमार यादवलाई हस्तान्तरण गनरेका थिए ।
तपाईको प्रतिक्रिया