उपेन्द्र यादवद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

समाचार

काठमाडौं, १९ बैशाख । बारा निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका यादवलाई सभामुख देवराज घिमिरेले संसद्को कानुन न्याय तथा मानवअधिकार समितिको कक्षमा शपथ गराएका हुन् ।

यादव यही वैशाख १० मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा निर्वाचित भएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ