पिछडिएका महिलाहरुका लागि सिपमूलक कार्यक्रम

समाचार

महोत्तरी, १९ बैशाख । मटिहानी नगरपालिकाले वडा नं. १ का पिछडिएका महिलाहरुका लागि सिपमूलक कार्यक्रम सुरु गरेको छ ।

मंगलबार वडा नं. १ स्थित राष्ट्रिय मा.वि. सिरसियामा पिछडिएको महिलाहरुको लागि सिपमूलक कार्यक्रम अन्तर्गत ५ दिने लुगाधूने पाउडर (सर्फ) तालिमको मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलले उद्घाटन गरी कार्यक्रमको सुरुवात गरिएको हो ।

कार्यक्रममा महिला बालवालिका शाखा प्रमुख दीपा दासज्यू, शिक्षा संयोजक चन्देश्वर साह, प्रशिक्षक प्रियंका सिंह, उद्यम विकास सहजकर्ता कुन्दन मण्डल, वड़ा नं. १ का कार्यालय सहायक पंकज मण्डल लगायतका सहभगिता रहेको नगरपालिकाले जनाएको छ ।

 
 
 
 
 
 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ