पर्सा, २० बैशाख । चापाकलको पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ ।
कालिकामाई गाउँपालिका–५ बिरञ्चीबर्वास्थित चापाकलको पानी जमेको खाल्डोमा डुबेर जिराभवानि गाउँपालिका–३ परसवा बस्ने रसलिला महतो केवटको छोरा १ वर्षीय जितेन्द्र महतो केवटको मंगलबार दिउँसो मृत्यु भएको हो ।
खेल्ने क्रममा डुबेर अशक्त भएका उनको पोखरीया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया