बाँके, २१ बैशाख । नेपालगंज उपमहानगरपालिका–१३ बुलबुलियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित एक पक्राउ परेका छन् ।
ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्रामसहित सुर्खेत भेरीगंगा नगरपालिका–९ बस्ने २० वर्षीय बिकास श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको छ ।
तपाईको प्रतिक्रिया