कैलाली, २२ बैशाख । जिल्लाको विभिन्न स्थानबाट खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन् ।
लम्कीचुहा नगरपालिका–३ बेवस्थितनगरबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय ४० मिलिग्रामसहित जोशीपुर गाउँपालिका–७ बस्ने २३ वर्षीय अमृत चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका–१० पिपरौवाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब १ ग्रामसहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय सुवाश चौधरी र ३४ वर्षीय प्रकाश बडायक रहेका छन् ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया