१५ केजी गाँजा बरामद

समाचार

पर्सा, २२ बैशाख । ठोरी गाउँपालिका–३ नयाँ बस्तीबाट अवैध लागूऔषध गाँजा करिब १५ केजी ३ सय ग्राम बिहीबार राति प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय ओडारबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ बिआर २२ बिबि ०५१६ नम्बरको मोटरसाइकलमा सवार २ जना व्यक्तिहरू मोटरसाइकल र साथमा रहेको बोरा छोडी फरार भएपश्चात प्रहरीले बोरा तलासी गर्दा उक्त गाँजा फेला पारेको हो ।

हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ