दिनेश ठाकुर, नेपालगञ्ज, २२ बैशाख । बाँकेको जानकी गाउँपालिका वडा नं ३ बन्जारे गाउँमा रहेको बन्जारेगाउँ माध्यामिक विद्यालयमा यस वर्ष विद्यार्थी भर्ना अभियानलाई गत वर्षकोभन्दा अझै व्यापक बनाउन लागि परेको विद्यालयका प्रधानाध्यापक आदित्य वर्माले बताएका छन् ।
प्रधानाध्यापक वर्माका अनुसार १७ दिनको विद्यालय भर्ना अभियानमा ३ सय ८८ विद्यार्थी भएको र यो अभियानलाई अझै सर्वपक्षीय सल्लाह र सहयोगका आधारमा अझै विद्यार्थी भर्ना अभियानलाई निरन्तरता दिइएको छ ।
उनका अनुसार विभिन्न कारणले विद्यालय उमेरका बालबालिका वस्ती रहेको र यसवर्ष विद्यालय क्षेत्रभित्रका सबै गरिब, विपन्न र विद्यालय पहुँच बाहिरका बालबालिकालाई शिक्षा आर्जनका लागि विद्यालयमा ल्याइने बताए ।
प्रधानाध्यापक वर्माले यस वर्षदेखि यसै वडामा अर्को आधारभुत तहसम्म अध्ययनका लागि मानपुरमा समेत विद्यालय संचालनमा आएको कारण छात्राको संख्या कम भएपनि संस्थागत विद्यालयमा गतवर्ष अध्ययन गरेका केही विद्यार्थी चर्को शुल्क र विभिन्न औपचारिताका कारण पनि यस विद्यालयमा पढन आउनेको संख्या बृद्धि हुने उनको भनाई छ ।
प्रधानाध्यापक वर्माका अनुसार विद्यार्थी अनुपातमा शिक्षकको व्यवस्थापन गर्ने, शिक्षण विधिमा निखारता र बालमैत्री शिक्षण सिकाइका कारण पनि यस विद्यालयमा विद्यार्थीको संख्या उल्लेखनीय हुने उनको धारणा रहेको छ ।
करिब ४ वर्ष पहिले समान्य भौतिक पूर्वाधार समेत नभएको विद्यालयमा हरेक वर्ष विद्यार्थी मैत्री र अत्यावश्कीय पूर्वाधार र प्रविधिमैत्री शैक्षिक वातावरण भएको कारण यस विद्यालयमा शिक्षण गर्ने शिक्षक र अध्ययन गर्ने विद्यार्थी खुसी भएको उनको भनाइ रहेको छ ।
यस विद्यालयको शिक्षकस्तर बृद्धि क्रमिक रुपमा गर्दै जाने र यसै विद्यालयमा कक्षा १२ सम्मको अध्ययन अध्यापनको सेवा दिने योजना विद्यालय परिवार र जनप्रतिनिधिको योजना समेत रहेको उनले बताएका छन् ।
जानकी गाउँपालिकामा गतवर्ष मात्रै ४ वटा नयाँ र एक पुरानो गरी ५ वटा विद्यालयबाट एसइईमा सहभागी भएकोमा बन्जारेगाउँ माध्यामिक विद्यालयका विद्यार्थी पालिकास्तरमा प्रथम हुन सकेको राम्रो अनुभव पनि उनले बताए । यस बर्ष पनि १६ जना विद्यार्थीले एसइईमा सहभागी हुने र उत्तम परिणामा आउनेमा उनी विश्वस्त छन् ।
गत बर्ष १९ जना विद्यार्थी एसइईमा सहभागी भएकोमा १७ जना विद्यार्थी प्रथम श्रेणी जिपीए ९२.४० ल्याएर पास भएको जानकारी दिए ।
विद्यालय प्रशासन संचालनका लागि विभिन्न खालमा अप्ठेरा व्यहोर्दै आएपनि शिक्षाको विकासका लागि सबै शिक्षक, विद्यार्थी, अभिभावक र केही शिक्षा प्रेमीको सहयोगले विद्यालयको शैक्षिक र भौतिक स्तरबृद्धिका काम भइरहेको उनले जानकारी दिए । यस वर्ष पनि विद्यालयको थोरै जमिन भएपनि ४ कोठे भवन निर्माण कार्य भइरहेको उनले जानकारी दिए ।
तपाईको प्रतिक्रिया