ब्राउनसुगरसहित एक जना पक्राउ

समाचार

मोरङ, २३ बैशाख । बिराटनगर महानगरपालिका–१५ स्थित १ नम्बरढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन् ।

ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ ग्रामसहित संखुवासभा स्याबुन गाउँपालिका–२ बस्ने २९ वर्षीय सन्दिप गिरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ