रथको ठक्करबाट युवकको मृत्यु

समाचार

सर्लाही, २३ बैशाख । हरिपुर नगरपालिका–४ हरैया चोकमा बिआर ३० ए २७२१ नम्बरको रथको ठक्करबाट पैदलयात्री चन्द्रनगर गाउँपालिका–१ मोहनपुर बस्ने २२ वर्षीय पप्पु बैठाको शुक्रबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै उक्त रथले ना.६५ प ४१६० नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालकको गैर सिर्सिमास्थित ऐपोलो अस्पतालमा उपचार भइरहेको छ ।

हाल फरार रथका चालकको प्रहरीले खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ