आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

समाचार

सिरहा, २३ बैशाख । सिरहा नगरपालिका–२० सिकाजोति बस्ने बिजय महतोको घरमा खाना पकाउने क्रममा ग्याँस लिक भई आगलागी भएको छ ।

शुक्रबार साँझ आगलागी हुँदा करिब ७ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हो ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ