बाँके, २४ बैशाख । नेपालगंज उपमहानगरपालिका–१८ कारकादो चोकमा रा.१ ख २६१७ नम्बरको टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
टिपरको ठक्करबाट साईकलयात्री खजुरा गाउँपालिका–३ बस्ने ६४ वर्षीय मुन्सी चमारको शनिबार दिउँसो मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिनुको साथै दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया