धनुषा, २४ बैशाख । जनकपुर उपमहानगरपालिका–२४ स्थित गोगल प्रसाद नमुना मावि बसैया अगाडि रहेको पोखरीमा डुबेर २ जनाको शनिबार साँझ मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने अलिहसन अंसारीको जुम्ल्याहा छोराहरू ९ वर्षीय मोहमद अल्कामा अंसारी र मोहमद अब्दुल अंसारी रहेका छन् ।
पोखरीमा नुहाउने क्रममा डुबेर गम्भीर घाइते भएका उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया