जनकपुरधाम, २४ बैशाख । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री ई.वसन्त कुशवाहाले भुक्तानी लिन बाँकी रहेका उखु किसानलाई अपिल गरेका छन् ।
कृषिमन्त्री ई.कुशवाहाले उखुमिलबाट पैसा लिन बाँकी रहेका किसानलाई सम्पर्कमा आउन अपिल गरेका हुन् ।
मन्त्री कुशवाहाले अधिकांश चिनी मिलले किसानलाई भुक्तानी दिएको जानकारी आएको बताउदै कुनै चिनी उद्योगले किसानलाई भुक्तानी दिन बाँकी भए सम्पर्कमा आउन अपिल गरेका छन् ।
उनले पीडित किसानको विवरण र भुक्तानी नदिने उद्योगको विवरण उपलब्ध गराउँदै भुक्तानीका लागि पहल गरिने बताएका छन् ।
तपाईको प्रतिक्रिया