पर्सा, २५ बैशाख । वीरगंज महानगरपालिका–१६ बसपार्कबाट अवैध लागूऔषध नाइट्राभेट २५ ट्याब्लेट, ट्रामवेल १० ट्याब्लेट, ट्रामोल २४ पिस र स्टागान १४ पिससहित २ जनालाई प्रहरी पक्राउ गरेको छ ।
आइतबार साँझ पक्राउ पर्नेहरूमा राप्ती नगरपालिका–४ बस्ने २० वर्षीय दिपेश राई र कैलाली टिकापुर नगरपालिका–५ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।
शंकास्पद रुपमा हिँडिरहेको उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया