टिपरमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

समाचार

धनुषा, २५ बैशाख । मिथिला नगरपालिका–४ जगदेब पुलस्थित सडकमा लु.१ क १७६८ नम्बरको टिपरमा मधेश प्रदेश ०२–००६ प ६५२७ नम्बरको मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

ठोक्किएर सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक धनुषा कमला नगरपालिका–२ बस्ने २२ वर्षीय दिपु यादबको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको ढल्केबर अस्पताल धनुषामा उपचारको क्रममा मृत्यु भएको हो ।

हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ