जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बुधबार बस्दै

समाचार

काठमाडौं, २५ बैशाख । जनता समाजवादी पार्टी नेपालले आफ्नो केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ ।

बैठक यही बैशाख २७ गते बिहान ११ः०० बजे बस्ने गरी आह्वान गरिएको हो ।

पार्टीको विधान अधिवेशन, सरकारमा सहभागितालगायतका विषयमा छलफल गर्न उक्त बैठक बोलाइएको सो पार्टीले जनाएको छ ।

यसैगरी, जसपाले आफ्ना जनप्रतिनिधिको विवरण समावेश गरी पुस्तिका प्रकाशन गर्ने भएको छ । पार्टीको केन्द्रीय सूचना, सञ्चार, प्रकाशन तथा प्रचार विभागको बैठकले उक्त निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ