सर्लाही, २५ बैशाख । बलरा नगरपालिका–११ छतौना बस्ने गाँजा साहको घरमा करेन्ट सर्ट भई आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएका छन् ।
सोमबार बिहान आगलागी हुँदा घर, अन्नपात, लताकपडा र नगद ३ लाख ३० हजार रूपैयाँ जलेर करिब ११ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया