पुरानो नोट एकमुष्ट खारेज गरे अर्थतन्त्र लयमा फर्किन सक्ने : डा. अहिराज

समाचार

कमल राज पौडेल देबकमल, बर्दिया, २६ बैशाख । मधेश प्रदेशका निवर्तमान प्रदेश प्रमुख डा. राजेश अहिराजले अर्थतन्त्र लयमा फर्किन सक्ने धारणा राखेका छन् ।

उनले सामाजिक संजाल फेसबुकमा पुरानो नोट एकमुष्ट खारेज गरे अर्थतन्त्र लयमा फर्किन सक्ने उल्लेख गरेका छन् ।

डा. अहिराज भन्छन्, ‘स्थानीय पालिका लगायत देशका विभिन्न निकायहरुमा देखिएको बेरुजु उठाउने, बेरुजु बाँकी राख्नेलाई बर्खास्त गर्ने, आन्दोलनका नाममा लुटेको धन फिर्ता गर्ने, सीमा सुरक्षा बल, सशस्त्र प्रहरीलाई अत्याधुनिक हातहतियारसहित तस्करी समाउने र मुद्दा चलाउने अधिकार दिने र सीमा व्यवस्थित गरेर तस्करी बन्द गर्ने, सीमावर्ती क्षेत्रका नागरिकहरुले घरायसी सामानका नाममा सीमावर्ती क्षेत्रमा सामान ओसारपोसार गर्ने गर्छन् । त्यस्ता समूहलाई पहिचान गरी अनैतिक तरीकाबाट सामान ओसारपसार गर्नेलाई भन्सार कर अनिवार्य लगाउने, देशका उच्च तहमा रहेका राजनीतिककर्मी, निजामती पुलिस, प्रशासन र न्याय पालिकाका कर्मचारी र उद्योगी ब्यापारीहरुसंग रहेको कालो धनलाई २५ प्रतिशत कर काटेर एक पटकको लागि सेतो धन बनाउने मौका दिने ।’

‘स्थानीय ,प्रदेश र संघिय जनप्रतिधिलाई तलब , भत्ता,बजेट र सुबिधा बन्द गर्ने ,पूर्व राष्ट्रपति , पूर्व प्रधानमन्त्री ,पूर्व मन्त्री र पूर्व पदाधिकारीहरुलाई तलब बजेट र सुबिधा वापत दिने रकम बन्द गर्ने ,भारत सरकारले केहि वर्ष अघि भ्रष्टचार नियन्त्रण गर्ने उदेश्यले चलनचल्तीमा रहेको पुरानो नोट बन्द गरेर भ्रष्टचारीहरु माथि ठुलो लगाम लगाय जस्तै नेपालमा पनि पुरानो नोट एकमुष्ट खारेज गरी नयाँ नोट प्रचलनमा ल्याउने , सय रुपियाको नोट भन्दा ठुलो नछाप्ने यि उल्लेखीत बुदाँहरुमा सबै राजनीतिक दलहरुले आमसहमती बनाएर कार्य गर्ने हो भने वर्तमान अवस्थामा देशमा देखिएको आर्थिक संकट लयमा फर्किन सक्ने कुरामा देशका विभिन्न अर्थविदहरुका साथै हामी विश्वस्त छौं ।’ उनले भनेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ